दफा ७
स्वास्थ्य संस्थाको नाम सूचीबाट हटाउने वा निलम्बन गर्ने
ः
(१) महानिर्देशक वा निजले तोकेको अधिकारीले मुलुकी ऐन ज्यान सम्बन्धीको महलमा उल्लिखित व्यवस्था विपरीत सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थाको नाम सूचीबाट हटाउनेछ ।
(२) महानिर्देशक वा निजले तोकेको अधिकारीले यस प्रक्रियामा उल्लिखित व्यवस्था विपरीत सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थाको नाम एक वर्षसम्मको लागि सूचीबाट निलम्बन गर्न सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम कुनै स्वास्थ्य संस्थाको नाम सूचीबाट क्रमशः हटाउने वा निलम्बन गर्ने निर्णय गर्नु अघि सम्बन्धित स्वास्थ्य संस्थालाई आफ्नो सफाई पेश गर्ने मौका दिनु पर्नेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम कुनै स्वास्थ्य संस्थाको नाम सूचीबाट हटाउने वा निलम्बन गर्ने गरी गरेको निर्णयमा चित्त नबुझ्ने स्वास्थ्य संस्थाको तर्फबाट अधिकार प्राप्त व्यक्तिले त्यस्तो निर्णयको जानकारी प्राप्त गरेको मितिले पैंतीस दिनभित्र स्वास्थ्य मन्त्रालयको सचिव समक्ष निवेदन दिन सक्नेछ र त्यसमा सचिवबाट भएको निर्णय अन्तिम हुनेछ ।
(५) कुनै स्वास्थ्य संस्थाले सेवा उपलब्ध गराउन नचाहेमा त्यस्तो स्वास्थ्य संस्थाको तर्फबाट अधिकार प्राप्त व्यक्तिले सो को सूचना सम्बद्ध अधिकारीलाई दिनुपर्नेछ र सम्बद्ध अधिकारीले पनि त्यस्तो सूचना प्राप्त हुन आएमा त्यस्तो स्वास्थ्य संस्थाको नाम अनुसूची–५ बमोजिमको सूचीबाट हटाइदिनु पर्नेछ ।
(६) मुलुकी ऐन ज्यान सम्बन्धीको महलको २८ख. नं. मा उल्लिखित व्यवस्था विपरीत हुने गरी गर्भपतन गर्ने गराउने स्वास्थ्य संस्थाको नाम उपदफा (१) बमोजिम हटाएको कारणले मात्र सोही ऐन बमोजिम हुने कानुनी कारबाहीमा कुनै किसिमको बाधा पु¥याएको मानिने छैन ।